close

जनकपुरधाम उपमहानगर प्रमुख साहविरुद्ध मुद्धा दर्ता

जनकपुरधाम उपमहानगर प्रमुख साहविरुद्ध मुद्धा दर्ता

Trulli
ADVERTISEMENT

धनुषा– जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह विरुद्ध तीन जना पत्रकारले गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गरेका छन् ।


जनकपुरका ३ जना पत्रकारले उपमहानगरपालिकाको कार्यालयस्थित नगरप्रमुखकै कार्यकक्षमा गत वर्ष २२ पुसमा समाचार संकलनमा गएका पत्रकारहरुलाई कुटपिट गरिएको विषयमा आइतवार जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएका हुन् ।

 

कान्तिपुर टिभीमा कार्यरत पत्रकार एवं नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष समेत रहेका अनिल मिश्र, कान्तिपुर टिभीकै अर्का पत्रकार अमरकान्त ठाकुर र एपी वन टिभीका पत्रकार विकास साहले संयुक्त रुपमा नगर प्रमुख साह विरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

 

नगर प्रमुख साहसँगै उपमहानगरपालिकाका सवारी चालक गंगा मण्डल विरुद्धसमेत मुद्दा दर्ता गराइएको अध्यक्ष मिश्रले जानकारी दिए ।


नगरप्रमुख साहले आफ्नो कार्यकक्षमा मान्छे लगाएर जानकी मन्दिरको फूलबारी तोडफोड गरेको सम्बन्धमा समाचारका लागि प्रतिक्रिया लिन पुगेका कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, एपी वन टिभीका पत्रकार विकास साह लगायतका पत्रकाहरुलाई गाली गर्नुका साथै कुटपिट समेत गर्न लगाएका थिए ।


सो घटनामा करिव आधा दर्जन पत्रकार घाइते भएका थिए भने संचार सामग्रीसमेत नियन्त्रणमा लिइएको थियो ।

 

घटना सम्बन्धमा जानकारी लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मिश्रलाई नगरप्रमुख साह उनका सहयोगीले गाली बेइज्जती गरेको पत्रकारहरुको आरोप छ ।

मुद्दामा दोषी साबित भए प्रमुख साह लगायतलाई  २ वर्षसम्म जेल सजाय वा २० हजार रुपैया जरिमाना वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।