close

रुपन्देही जिल्ला विकास समितिका पूर्वसभापति धितालको निधन

रुपन्देही जिल्ला विकास समितिका पूर्वसभापति धितालको निधन

Trulli
ADVERTISEMENT

रुपन्देही– रुपन्देही जिल्ला विकास समितिका पूर्वसभापति विजय धितालको निधन भएको छ । धिताल २०४६ सालको प्रजातन्त्रपछि पहिलो जिल्ला विकास समिति सभापतिमा निर्वाचित व्यक्ति हुन् ।

जिल्ला विकास समिति महासंघ एवम् विकेन्द्रीकरण सहयोग समाज (डेस्सो)का संस्थापक सदस्य धितालको काठमाडौंमा उपचारका क्रममा ७८ वर्षको उमेरमा निधन भएको हो ।


धितालका पत्नी, एक छोरा, एक छोरी र तीन जना नातिनातिना छन् । कांग्रेस नेता बालकृष्ण खाणले धितालले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र समाजसेवामा दिएको सक्रिय योगदान सधैं स्मरणयोग्य रहेको बताएका छन् । उनले भनेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको छ ।’


धिताल सभापति रहेका बेला जिविस उपसभापति रहेका सर्वेन्द नाथ शुक्लाले भने, ‘मर्चवारमा त्यतिबेला १० मिटर पनि सडक थिएन थिएन । हामीले प्लानिङ गर्यौं । त्यही योजनाअनुसार अहिलेसम्म सडक विस्तार भएको हो ।’


जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका शुक्लाले २८ वर्ष अगाडिका दिन सम्झिँदै भने, ‘२०४९ साल साउन पहिलो साता भएको निर्वाचनबाट धितालजी कांग्रेसबाट सभापति र म राप्रपाबाट उपसभापति निर्वाचित भएका थियौंं ।’


शुक्लाले धिताल सबैलाई समन्वय गर्ने अद्भुत क्षमता भएको व्यक्ति रहेको स्मरण गरे । जिल्लामा बिजुली, खानेपानी, पुल र विद्यालय निर्माणमा पनि धितालको योगदान महत्वपूर्ण रहेको शुक्लाले बताए । धिताल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १२ मा बस्दै आएका थिए ।