close

स्थानीयको गोजीकै पैसाले बन्यो १३१ मिटर पक्की सडक

स्थानीयको गोजीकै पैसाले बन्यो १३१ मिटर पक्की सडक

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिका- ३ गज्याङकोटका स्थानीयले आफ्नै पैसो खर्चेर १३१ मिटर लम्बाइ र दुई मिटर चौडाइ सडकको आरसीसी गरेका छन् । गाउँमा रहेको अविरत्न मार्गको नामकरण दिएर उक्त सडकमा स्थानीयले आरसीसी गरेका हुन् ।

 

गाउँ वस्तीमा कच्ची सडक रहे पनि बर्खामा हिलाम्य हुने भएपछि ११ लाख ७५ हजार ५९५ रुपैयाँ बजेटमा आरसीसी गरिएको निर्माण समितिका अध्यक्ष खड्गबहादुर बुढाले बताए । एक लाख दुई हजार रुपैयाँ नगद र १० लाख ७८ हनार ५९५ रुपैयाँ बराबरको जनश्रमदानमा सडक आरसीसी गरिएको हो । 

 

गाउँका युवा नरबहादुर शाहीले २९ हजार, धर्मराज रावलले १० हजार ५००, दीपेन्द्र भण्डारीले नौ हजार ५००, मुनबहादुर बुढाले छ हजार, धनबहादुर बुढाले छ हजार, गोवीचन्द्र रावलले छ हजार र पूर्णबहादुर बुढाले छ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।


यस्तै, देवीलाल बुढाले छ हजार, गजेन्द्र भण्डारीले पाँच हजार ५००, खड्कबहादुर भण्डारीले पाँच हजार ५००, नन्दबहादुर बुढाले पाँच हजार, परेबहादुर रावलले पाँच हजार र चित्र बुढाले दुई हजार गरी एक लाख दसई हजार रुपैयाँ संकलन भएको छ ।

 

निर्माण समितिका अध्यक्ष खड्गबहादुर बुढाले भने, ‘गत १० साउनमा निर्माण सुरु गरिएको हो । भदौ दोस्रो साता सम्पन्न गरी सडक सञ्चालनमा आएको हो । यो सडकबाट ८० घरधुरी लाभान्वित भएका छन् ।’