close

बाग्लुङ बजारमा लकडाउन

बाग्लुङ बजारमा लकडाउन

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङमा बसेको सर्वपक्षीय भेलाले सोमबार राती १२ देखि २४ कात्तिकसम्म बाग्लुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । 


प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी, जनप्रतिनिधि सम्मिलित बैठकले लकडाउन गर्ने निर्णयमा सहमति जनाएको हो ।

 

लकडाउनमा अत्यावश्यकबाहेकका पसल, व्यवसाय, शैक्षिक संस्था, सवारी साधनसमेत बन्द गराउने निर्णय भएको बाग्लुङ जिल्ला प्रशासनका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले बताए । 


आइतबार मात्रै बाग्लुङ उद्योग वाणिज्य संघको आग्रहपछि बाग्लुङ नगरपालिकाले प्रशासनलाई लकडाउन गर्न सिफारिस गरेको थियो ।


लकडाउनको समय एम्बुलेन्स, अत्यावश्यक ढुवानी सामग्री, दूध र फलफूलका गाडीलाई छेकबार गरिने छैन । औषधी ढुवानी पनि चलाउन पाइनेछ । बिहान ७ देखि ९ बजेसम्म बजार क्षेत्रका पसल खुला हुनेछन् ।


दशैँपछि बाग्लुङ बजारभित्र व्यवसायीलगायत समुदाय तहमा कोरोना संक्रमण देखिएपछि स्थानीय स्तरबाटै लकडाउन माग हुँदै आएको थियो ।