close

कुमारी बैंकको फोनलोन कर्जा सुविधा

कुमारी बैंकको फोनलोन कर्जा सुविधा

Trulli
ADVERTISEMENT

काठमाडौं - कुमारी बैंकले  फोनलोन नयाँ कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । सेवालाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यसहित बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो ।


सेवामा कुमारी बैंकमा विभिन्न तलब खाता सञ्चालन गरिरहेका ग्राहकले अधिकतम ३० दिनसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट बढीमा १ लाख रुपैयाँसम्म फोनलोन सुविधा प्राप्त गर्न सक्नेछन् । यो कर्जाका लागि धितोको आवश्यकता रहने छैन ।


निवेदन दिन र कानुनी कागजात गर्ने आवश्यकता पनि पर्ने छैन । देशभर १ सय ८४ शाखा सञ्जाल, १ सय ४४ एटिएम, २१ शाखारहित बैंकिङ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।