close

स्थानीय तहका रिक्त पदाधिकारीकाे नाम पठाउन मन्त्रालयकाे निर्देशन

स्थानीय तहका रिक्त पदाधिकारीकाे नाम पठाउन मन्त्रालयकाे निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौँ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस) लाई निर्देशन दिएको छ । 

 

मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

 

यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो । तर उक्त समयमा पनि पदाधिकारीको विवरण नपठाएपछि पुनःतीन दिनभित्र पठाउन मन्त्रालयले ताकेकता गर्दै पत्र पठाएको हो ।

 

मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको छ । यसअघि सरकारले रिक्त पदाधिकारीको विवरण सङ्कलन गरेर निर्वाचन गरेको थियो । 

 

गत मङ्सिरमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो ।