close

मेयरज्यू, सोल्टी होटलमा १५ दिनको खर्च तिरिदिने गरिबहरूले के बेइज्जत गरे ?

मेयरज्यू, सोल्टी होटलमा १५ दिनको खर्च तिरिदिने गरिबहरूले के बेइज्जत गरे ?

Trulli
ADVERTISEMENT

गरिबले टुँडिखेलमा भात खाएर तपाईंको शहर कति फोहोर भयो ?


शहरका घरघरका शौचालयबाट दिसासहितको ढल बागमती, विष्णुमतीलगायत शहरका नदीहरूमा खसाल्दा तपाईंको शहर फोहोर भएन । 


घरघरबाट उठाएको फोहोर नदी किनारमा खाडल खनेर खन्याउँदा तपाईंको शहर फोहोर भएन ।


भोटाहिटी, सुन्धारा, बालाजुलगायतका चोकचोकमा फोहोरको डङ्गुर थुपार्दा तपाईंको शहर फोहोर भएन । 


टेकुमा र हुयुमतटोलका बधशालाको फोहोर सिधै विष्णुमतीमा खसाल्दा तपाईंको शहर फोहोर भएन ।

 
टुँडिखेलमा गरिबले भात खाएको टपरीले तपाईंको शहर कति फोहोर भयो भन्नुस् महानगरप्रमुखज्यू ? 


तपाईंलाई कोरोना हुँदा सोल्टी होटलको विशिष्ट कक्षमा १५ दिन बिताउन लाग्ने खर्चका लागि कर तिरिदिने यही शहरका गरिबहरू पनि हुन्, जसमाथि तपाईंको अहं जिम्मेवारी थियो । तर, तपाईंको अगुवाइमा तपाईंको शहरको एक जना गरिबले एक छाक भात खान पाएन । एक बोतल पानी खान पाएन । 


तर, यही शहरका स्वस्फुर्त रूपमा जागेका युवाहरूले मिहिनेत गरी स्रोत जुटाएर तपाईंका शहरका गरिब महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई खाना खुवाउँदा यदि तपाईंको शहर फोहोर भएको पिरलो छ भने शहरका ती भोकाहरूको रोगबाट र भोकबाट सुरक्षा दिने जिम्मेवारी तपाईंको हो कि होइन ?