close

खस संस्कृतिलाई उजिल्याउँदै 'चारदुना नौ'

खस संस्कृतिलाई उजिल्याउँदै 'चारदुना नौ'

Trulli
ADVERTISEMENT

जुम्ला - खस भाषाको उद्गम थलो जुम्लामा खस संस्कृतिमा आधारित टेलिशृखंला छायाँकन हुने भएको छ । खस संस्कृति, परम्परा, छाउ, जारी प्रथा, जातीय विभेद तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्द्धन तथा प्रचारमा आधारित चारदुना नौ टेलिशृंखला जुम्लामा छायाँकन हुन लागेको हो ।


चारदुना नौ टेलिशृंखलाको २२ कात्तिकदेखि जुम्लामा छायाँकन गरिनेछ । चारदुना नौ टेलिशृंखलाको दोस्रो चरण जुम्लामा छायाँकन हुन लागेको निर्देशक छेडुप लामाले बताए । उनले भने, ‘जुम्लामा तीन भाग छायाँकन गर्छाैं । यहाँका आठ वटै स्थानीय तहका पर्यटकीय गन्तव्यको प्रवर्द्धनसहित खस संस्कृतिमा आधारित सबै इतिहास समावेश गरिनेछ ।’


चौथो भाग मुगुको रारातालमा पुगेर छायाँकन गर्ने तयारी छ । जुम्लाको छुमचौर, गुठिचौर पाटन, चन्दननाथ भैरवनाथ मन्दिर, तातोपानी धारा, हिमाको काठेपुल, पाण्डव गुफालगायत ऐतिहासिक पर्यटकीय स्थललाई चारदुना नौ टेलिशृंखलामा समेटिने निर्देशक लामाले जानकारी दिए ।

 

उक्त टेलिशृंखला लेखन रेशम बुढाथोकी, निर्माता गणेश तामाङ र कर्म डी लामा गरेका हुन् । टेलिशृंखलाको मुख्य पात्रमा वरिष्ठ हास्य कलाकार राजाराम पौडेल र जुम्ली कलाकार गोविन्द सुनारलगायत छन् ।

 

जुम्लामा एक दशकदेखि कला क्षेत्रमा होमिएका सुनारले राष्ट्रिय कलाकारसँग टेलिशृंखलामा अभिनय गर्ने अवसर पाप्त भएको बताए । ‘यहाँको खस संस्कृति प्रवर्द्धन, ऐतिहासिक पर्यटकीय स्थलको संरक्षण गर्न टेलिशृंखलाले सघाउनेछ’, जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भने ।

 

कलाकार गोविन्द सुनार पूर्वेली संस्कृति, परम्परा मात्रै प्रचलनमा रहेको तर विकट कर्णालीलाई निकट बनाउन चारदुना नौ टेलिशृंखला छायाँकन जुम्लामा गर्न लागिएको सुनाउँछन् ।


वरिष्ठ कलाकार राजाराम पौडेलले काठमाडौंबाट कल्पिएको र वास्तविक जुम्ला फरक रहेको बताए । ‘अर्गानिक जिल्लामा गोविन्द सुनारजस्ता स्थानीय रंगकर्मीसँग अभिनय गर्न पाउनु खुसीको विषय हो’, पौडेलले भने ।