close

५२ विद्यार्थीलाई इन्जिनियर बनाउँदै सैनामैना

५२ विद्यार्थीलाई इन्जिनियर बनाउँदै सैनामैना

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको सैनामैना नगरपालिकाले नगरभित्रका ५२ विद्यार्थीहरूलाई प्राविधिक शिक्षा पढाउन सुरु गरेको छ । एसईई उत्तीर्ण गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई नगरपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउन सुरु गरिएको हो ।

 

तीन वर्षे इन्जिनियरिङ र १८ महिने रेफरेन्सी एसी तालिम विद्यार्थीले लिइसकेको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । ‘अहिलेको शिक्षाले बढी बेरोजगार उत्पादन गरेकाले नगरपालिकाले आफनै लगानीमा ५२ विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउन थालेको हो’, नगरप्रमुख कार्कीले भने ।

 

५२ लाख रुपैयाँमा कोरिया-नेपाल प्राविधिक शिक्षालय (केएनआईटी) मा नगरपालिकाले उनीहरूलाई अध्ययन गराएको सैनामैना शिक्षा शाखाका शाखा अधिकृत माधव पौडेलले जानकारी दिए । सैनामैना नगरभित्रका सामुदायिक विद्यालमा ३ करोड बढीका आईसीटी सामग्री वितरण गरिसकिएको उनले बताए ।

 

‘सबै विद्यालयमा खानेपानीका लागि फिल्टर व्यवस्था गरेका छौं । जंकफुड निषेध क्षेत्र घोषणा गरी बालबालिकालाई खाजा-बक्सको व्यवस्था छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई स्यानिटरी प्याड पनि वितरण गरिरहेका छौं’, शिक्षा अधिकृत पौडेलले भने । 

 

सैनामैनाका सबै विद्यालयमा एकै रङका पोसाक वितरण र शिक्षक-विद्यार्थीलाई अध्ययन-अध्यापनको आधारमा पुरस्कृत गर्न थालिएको उनले बताए । 

 

नगरभित्र शिक्षाको गुणस्तर सुधार्न आवश्यक पूर्वाधार बजेट र सिकाइका लागि पाठ्यसामग्री वितरण र शिक्षकलाई तालिमलगायतमा सहयोग गरिरहेको नगरप्रमुख कार्की सुनाउँछन् । ‘सैनामैनाले आफनाे पाठ्यक्रम निर्माण सुरु गरिसकेको छ । कोरोनाका कारण केही ढिला भए पनि चालू शैक्षिक सत्रबाटै लागू गर्दै छौं’, कार्कीले भने ।