close

ताप्लेजुङको तरकारी झापाको बजारमा

ताप्लेजुङको तरकारी झापाको बजारमा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको फुङ्लिङमा उत्पादित तरकारी धमाधम झापातर्फ निर्यात हुन थालेको छ । फुङ्लिङ नगरपालिका वडा- ९ हाङ्देवाको बुङ्कुलुङमा उत्पादित तरकारी झापाको बिर्तामोडतर्फ निर्यात हुन थालेको हो । पछिल्लो तीनसातामा बुङ्कुलुङबाट मात्रै १० हजार किलो बन्दागोबी झापाको बिर्तामोड निर्यात गरिएको स्थानीय तरकारी उत्पादक पासाङ्रिता शेर्पाले जानकारी दिए । 

 

उनका अनुसार व्यक्ति र समूहमा मिलेर उत्पादन गरेका तरकारी झापातर्फ पठाइन्छ । क्रिएटिभ ब्रदर्स समूह खोलेर त्यहाँ व्यवसायिक उत्पादन हुने गरेको छ । व्यक्तिले उत्पादन गरेका तरकारी समेत बिक्रीका लागि विभिन्न ठाउँ पठाइने गरिएको छ । यसअघि मुला, काउली र टमाटर समेत बिक्रीका लागि झापातर्फ पठाइएको स्थानीय किसान बताउँछन् । 

 

यस स्थानमा उत्पादन हुने गरेको आलु भने जिल्लामै खपत हुने गरेको छ । स्थानीय बजारको माग धानेर बचेको तरकारी झापाको साथै तराईका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ । समूहमा उत्पादन भएको तरकारी क्रिएटिभ ब्रदर्सले आफ्नै सवारीमार्फत झापा पु¥याने गरेको छ । व्यक्तिले उत्पादन गरेका तरकारी उत्पादन स्थलमै गएर प्रचलित मूल्यमा खरिद गरिन्छ । 


बुङ्कुलुङ तरकारी उत्पादनका लागि निकै राम्रो मानिन्छ । हरियो साग, काउली, ब्रोकाउली, मूला, टमाटर, गाँजर, आलु र बन्दागोबी यो क्षेत्रमा सबैभन्दा बढी मात्रामा उत्पादन हुन्छ । हरेक हप्ताको शनिबार र मंगलवार फुङ्लिङमा लाग्ने हाटमा समेत यहाँ उत्पादन भएको तरकारी बिक्रीमा लागि ल्याइन्छ । आलुका लागि यो त पकेट क्षेत्र नै हो । 

 

अग्र्यानिक उत्पादनलाई प्राथमिकता दिइएको यहाँ उत्पादन भएका तरकारीमा रसायनिक मलको प्रयोग हुँदैन । अग्र्यानिक उत्पादनकै लागि किसानलाई जैविक मल बनाउने सीप समेत हस्तान्तरण गरिएको छ ।