close

विद्यालय अनुगमन गर्दै पुर्चौडी  

विद्यालय अनुगमन गर्दै पुर्चौडी  

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको पुर्चौडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय अनुगमन सुरु गरेको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक दिनेश नागरीले बताए । ‘कोरोना महामारीबीच सञ्चालनमा आएका विद्यालयमा अपनाइएको स्वास्थ्य सुरक्षा  स्थिति, शैक्षिक गतिविधिलगायत विषयमा अनुगमन थालेको हौं’, उनले भने ।


अनुगमनका क्रममा विद्यालयहरूको भौतिक अवस्था, आर्थिक पारदर्शिता, शिक्षण सिकाइको अवस्था, बालबालिकाको स्वास्थ्य सुरक्षा सतर्कतालगायत विषयमा जानकारी लिइने गरेको नगरउपप्रमुख जानकी ऐर बमले जानकारी दिइन् ।


विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए-नभएबारे जानकारी लिने र कोरोना जोखिमबाट बच्ने उपायबारे जानकारी लिने गरिएको छ । त्यसका ल लागि विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल चलाइँदै आएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगारीले बताए ।

 

विद्यालय अनुगमनमा नगरप्रमुख रणबहादुर कुँवर, उपप्रमुख ऐर बम, लेखा शाखा प्रमुख दलबहादुर धामी, शिक्षा शाखा प्रमुख नगारी, सम्बन्धित वडा कार्यालयका वडाध्यक्षलगायतको टोली सहभागी थियो ।


पुर्चौडीमा दसैंपछि गत १६ कात्तिकदेखि विद्यालय सञ्चालनमा आएका हुन् । पुर्चौडीभित्र ७५ सामुदायिक र ३ संस्थागत गरी ७८ विद्यालयमा पढाइ भइरहेको छ ।