close

मैवाखोलाको ढुङ्गेसाँघुकी वडा सदस्य बिकको निधन

मैवाखोलाको ढुङ्गेसाँघुकी वडा सदस्य बिकको निधन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाकी वडा सदस्य फुलमता बिकको शनिवार बिहान निधन भएको छ ।

 

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका दलित महिला सदस्य बिकको ४४ वर्षको उमेरमा निधन भएको हो । वडाध्यक्ष दुर्गाप्रसाद तामाङले प्रेसरको बिरामी भएकोले उपचार गर्न जान्छु भनेर बिराटनगरतर्फ गएको ३ दिनमै वडा सदस्य बिकको निधन भएको जानकारी दिए ।

 

प्रेसरको बिरामी भएर गएकी बिकको दुबै मृगौला फेल भएको अवस्थामा बिराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सकले उपचार थालेका थिए । तर अवस्था जटिल भएकोले बिकलाइ बचाउन नसकिएको जानकारी चिकित्सकले आफुहरुलाइ गराएको मृतक बिकका परिवारलाई उधृत गर्दै वडाध्यक्ष तामाङले बताए ।

 

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेका तर्फबाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।