close

गाउँपालिका अध्यक्षद्वारा घाइते महिलाको उद्धार

गाउँपालिका अध्यक्षद्वारा घाइते महिलाको उद्धार

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा– खिजीदेम्वा गाउँपालिका–२ रगनीकी शर्मिला भुजेल खाना पकाउन अगेनोमा बसालेको प्रेसरकुकर पड्एिर गम्भीर घाइते भइन् ।

प्रेसर कुकरले लागेर अनुहार भरी चोट लाग्यो । रक्तश्राव भयो, उनको अवस्था गम्भीर भयो । घाइतेलाई कसरी उपचार गराउने र कहाँ लाने भन्ने चिन्ताले पिरोलेकै समयमा गाउँपालिका अध्यक्ष बेदबहादुर रोका पुगे ।


उनी काठमाडौंस्थित अस्पतालमा उपचाररत आमालाई भेट्न हिँडेका थिए । उनले बाटोमा त्यसरी गम्भीर घाइते अवस्थामा भेटिएकी शर्मिलालाई उपचारका लागि आफुसँगै राखेर पहिले अस्पताल पुर्याए । रोकाले आफुसँगै गाडीमा लगेर रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि भर्ना गरे ।


अहिले उनको उपचार भइरहेको छ । घाइते अवस्थामा बाटोबाटै अस्पताल पुर्याएपछि उनी र उनको परिवार निकै खुसी भएका छन् ।


आपतको अवस्थामा आफ्नो उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएकोमा शर्मिलाले खुसी हुँदै धन्यावाद दिइन् ।  संकटमा साथ दिने अध्यक्ष पाएको रगनीका स्थानीयले अध्यक्ष रोकाको भूमिकाको प्रसंसा गरेका छन् । उनीहरुको भनाइ छ, ‘अध्यक्ष हुनु त यस्तो पो ।’