close

तिलोत्तमाका १२ विद्यालयमा स्टाफ नर्स, अब स्कूलमै स्वास्थ्य सेवा

तिलोत्तमाका १२ विद्यालयमा स्टाफ नर्स, अब स्कूलमै स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

रुपन्देही– तिलोत्तमा नगरपालिका १२ वटा सामुदायिक विद्यालयमा स्टाफ नर्स राखिने भएको छ । संघीय शिक्षा तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका १२ वटा विद्यालयमा स्टाफ नर्स नियुक्त गरिएको तिलोत्तमा नगरपालिकाका प्रशासकीय प्रमुख माधवप्रसाद शर्माले वताए ।


विद्यालयमा प्राथमिक उपचार तथा स्वास्थ्य सुरक्षाका लागि छनोट भएका प्रत्येक विद्यालयमा स्टाफ नर्स नियुक्त गरिएको हो । नगरका कुल ४३ विद्यालय मध्ये बाँकी सामुदायिक विद्यालयहरुमा समेत शैक्षिक मापदण्ड पूरा गर्ने योजनामा नगरपालिका छ ।


तिलोत्तमामा ३९ वटा निजी विद्यालय छन् । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत सुरु भएकोे नर्सिङ स्वास्थ्य सेवाका लागि नगरपालिकाले तालिम सुरु गरेको नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए ।


विद्यालयमा नर्सको व्यवस्था हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा थप टेवा पुग्ने तिलोत्तमा स्थित शंकनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डी पाण्डेले बताए । नगरपालिका प्रमुख बासुदेब घिमिरेले नर्स राखिने भएपछि बालबालिकाको स्वास्थ्यमा  सकारात्मक सन्देश प्रवाह भएको बताए ।