close

सहकारी संस्थाहरूलाई पुसभित्रै साधारणसभा गर्न महानगरको निर्देशन

सहकारी संस्थाहरूलाई पुसभित्रै साधारणसभा गर्न महानगरको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरको सहकारी विभागले आउँदो पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । विभागले साधारणसभा सकिएको जानकारीसहितको प्रतिवेदन १५ दिनभित्र महानगरमा पठाउन सहकारीहरूलाई आग्रह गरेको हो ।


काठमाडौं महानगरमा कार्यक्षेत्र भएका सहकारीहरूलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरिएको छ । 

 

सहकारीहरूले साधारणसभा (कार्यव्यवस्था निर्देशिका, ०७६) बमोजिम गणपूरक संख्या पुर्‍याएर मात्र गर्नुपर्नेछ । यसका आधारभूत आधारबारे जानकारी दिँदै सहसञ्चालक समिति र लेखा समितिका प्रतिवेदनमा पर्याप्त छलफल गराउनुपर्छ । यस्ता समितिको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेका सदस्यबीच निर्वाचन गराउनुपर्छ ।

 

‘सहकारीका सदस्यहरूको भूमिकालाई साधारणसभामा सक्रिय बनाउन र वित्तीय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारणसभाका लागि आग्रह गरेका हौं’, विभागका उपनिर्देशक सुमन अधिकारीले भने, ‘हामीले साधारणसभामा पालना गर्नुपर्ने र प्रतिवेदनमा उल्लेख गर्नुपर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौं । यसले सूचना संकलनमा एकरुपता कायम हुनेछ ।’