close

दमकमा कोभिड उपचार केन्द्र सञ्चालन

दमकमा कोभिड उपचार केन्द्र सञ्चालन

Trulli
ADVERTISEMENT

झापा - दमक नगरपालिकाले नगरभित्र कोरोना संक्रमण बढेपछि २ नम्बर वडाको बेलडाँगीमा कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । तत्कालीन समयमा भुटानी शरणार्थीको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाइको कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्रका रुपमा सञ्चालनमा ल्याइएको हो ।


संघीय सरकारले सबै स्थानीय तहलाई विभिन्न मापदण्डसहित आ-आफ्ना पालिकाका कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पताल सञ्चालन गर्न करिब दुई महिनाअघि नै सर्कुलर गरेको थियो । 


सोही निर्देशनअनुसार दमक अस्पतालअन्तर्गत रहने गरी केन्द्र सञ्चालनमा आएको हो । उपचार केन्द्रमा अक्सिजनसहितको ३० बेड र चार बेड एचडीयु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । 

 

धेरैजसो स्थानीय तहले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याए पनि यसअघि दमकमा कोभिड अस्पताल स्थापनामा ढिलाइ भएको जनगुनासो आइरहेका बेलो सुविधायुक्त संरचना बनाउन केही समय लागेको नगरप्रमुख रोमनाथ ओलीले बताए । 


नगरपालिकाले कोरोना लक्षण देखिएकाहरूको स्वाब संकलन गरी पिसीआर परीक्षण गर्ने क्रमलाई निरन्तरता दिइरहेको स्वास्थ्य शाखाका कुँवेर भट्टराईले जानकारी दिए । उपचार केन्द्रको प्रदेशसभा सदस्य अर्जुन राईले उद्घाटन गरे ।