close

उचित मूल्य पाइने आसमा लप्सीफेदीका फूल व्यवसायी

उचित मूल्य पाइने आसमा लप्सीफेदीका फूल व्यवसायी

Trulli
ADVERTISEMENT

काठमाडौं - शंखरापुर नगरपालिका- ४, लप्सीफेदीका फूल व्यवसायी यतिबेला उत्साहित बनेका छन् । यस वर्ष तिहारमा भारतबाट फूल आयात नहुने सुनेपछि उनीहरू उत्साहित बनेका हुन् । 


लप्सीफेदीका फूल व्यवसायी अमर मोक्तान भन्छन्, ‘यसले यो वर्ष स्वदेशमा उत्पादित फूलको व्यापार बढ्ने सम्भावना छ ।’ करिब दुई रोपनी जमिनमा फूल व्यवसाय गरेका मोक्तानले अधिल्लो वर्ष ५५ हजार रुपैयाँको फूल व्यापार गरेका थिए । यस वर्ष एक लाख रुपैयाँसम्म अम्दानी हुने अनुमान उनको छ । 


फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले यस वर्ष स्वदेशमै फूल उत्पादन राम्रो भएकाले भारतबाट फूल आयात नहुने बताए । उनका अनुसार अघिल्लो तिहारमा खपत भएको २५ लाख सयपत्री मालामध्ये तीन लाख भारतबाट आयात भएको थियो । 


तर, यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण कम माला खपत हुने उनको भनाइ छ । यस वर्ष १५ लाख माला मात्र खपत हुने उनको अनुमान छ । उनले भने, ‘बजारको मागअनुसार स्वदेशमै पर्याप्त फूल उत्पादन भएको छ ।’