close

पालिकालाई पर्यटनमन्त्रीको उपहारः मास्क र स्यानिटाइजर

पालिकालाई पर्यटनमन्त्रीको उपहारः मास्क र स्यानिटाइजर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– संघीय पर्यटनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङका पालिकाका स्वास्थ्य संस्थालाई मास्क र स्यानीटाइजर वितरण गरेका छन् ।


कोरोना भाइरस विरुद्ध प्रयोग हुने व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीहरु उनले गरेका हुन् । ६ पालिकाको भ्रमण गर्ने योजना बनाएका उनले मंगलवार मैवाखोला गाउँपालिकाको स्वास्थ्य शाखालाइ मास्क र स्यानिटाइजर दिएका छन् ।


फक्ताङ्लुङ गाउँपालिकाबाट यात्रा सुरु गरेका उनले मिक्वाखोला र मेरिङ्देन गाउँपालिकाका स्वास्थ्य शाखालाई पनि मास्क र स्यानिटाइजर वितरण गरेका छन् ।


उनले आठराई त्रिबेणी गाउँपालिका र फुङ्लिङ नगरपालिकाको स्वास्थ्य शाखालाइ पनि मास्क र स्यानिटाइजर बितरण गर्नेछन् । तिहारपछि हुने सिदिङ्वा, सिरिजङ्घा र पाथीभरा याङ्वरक गाउँपालिकाको भ्रमणमा क्रममा उनले स्वास्थ्य सामग्री दिने मन्त्रीका प्रमुख स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए ।


विकास निर्माणको अवस्था बुझ्न तथा जनताका अपेक्षा र राय तथा सुझाव लिन मन्त्री भट्टराइले आफ्नो निर्वाचन क्षेत्रका ९ स्थानीय तहमै पुग्ने योजना बनाएका छन् । मन्त्री भट्टराई एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।