close

कटारीमा नयाँ सिमसार क्षेत्रकाे निर्माण

कटारीमा नयाँ सिमसार क्षेत्रकाे निर्माण

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको कटारी नगरपालिका- ५ सिसाघारीमा सामुदायिक वन उपभोक्ता समूहको पहलमा सिमसार क्षेत्र निर्माण गरिएको छ । समूहले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको हो ।


सिमसार क्षेत्रको विकासका लागि सिमसार क्षेत्रमा डुंगा सञ्चालन गर्ने तथा विभिन्न संरचना निर्माण गरी पर्यटकीय क्षेत्र निर्माण गर्ने समूहले जनाएको छ । समूहका सचिव दिलबहादुर अधिकारीका अनुसार डिभिजन वन कार्यालय त्रिवेणीबाट पर्यावरणतर्फको ६० हजार र उपभोक्ताहरूले वृक्षरोपण गरे बराबरको एक लाख रुपैयाँबाट सिमसार क्षेत्र निर्माण गरिएको हो । 


डिभिजन वन कार्यालय त्रिवेणी कटारीका प्रमुख वन अधिकृत उपेन्द्र पटेलले सिमसार क्षेत्रका लागि १० वर्षे योजना बनाएर व्यवस्थित बनाउने बताए । समूहका अध्यक्ष विष्णुबहादुर खड्काले सबैको सहयोग लिएर यसलाई व्यवस्थित बनाउने धारणा राखे । 

 

स्थानीय तथा प्रदेश सरकारले यसलाई विशेष महत्त्वमा राखेर अघि बढे यसको विकासमा सहयोग पुग्ने स्थानीयको भनाइ छ । ‘वन, वातावरण र जैविक विविधताको संरक्षण गरौँ, सिमसार तथा पर्यापर्यटन क्षेत्रको विकास गर्दै सामुदायिक बनलाई सबल र समृद्ध बनाऔँ’ भन्ने नारा रहेको छ । स्थानीयको पहलमा चरन क्षेत्रलाई व्यवस्थित गर्दै सिमसार क्षेत्र निर्माण गरिएको उपभोक्ताहरूले बताएका छन् ।