close

गल्याङका कार्यपालिका सदस्य विकको निधन

गल्याङका कार्यपालिका सदस्य विकको निधन

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको गल्याङ नगरका नगर कार्यपालिका सदस्य तथा वडा-१० का वडा सदस्य हिमलाल विकको निधन भएको छ । उपचारका क्रममा सोमबार राती विकको निधन भएको हो ।


विकको निधनप्रति नगरपालिकाले मंगलबार शोकसभा आयोजना गरेको थियाे। 

 

कार्यपालिका सदस्य विकको निधनप्रति शोक मनाउन गल्याङ नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले विकप्रति श्रद्वाञ्जली प्रस्ताव पारित गर्दै नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 


मंगलबार नगरपालिका प्रमुख भुपराज अधिकारीले शोक विज्ञप्ति जारी गर्दै नगरको समग्र विकास प्रक्रियामा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् । १ वैशाख १९९० मा गल्याङ नगरपालिका वडा-१० को अर्झाङ्दीमा जन्मिएका विकका दुई छोरा र ६ छोरी छन् ।