close

कुन दिन लगाउने भाइटीका ? भक्तपुरका नेवार समुदाय अन्योलमा

कुन दिन लगाउने भाइटीका ? भक्तपुरका नेवार समुदाय अन्योलमा

Trulli
ADVERTISEMENT

भक्तपुर– यो वर्ष पनि भक्तपुरका स्थानीय नेवार समुदाय भाइटीका कुन दिन लगाउने भन्ने विषयमा अन्योलमा परेका छन् । गत वर्ष झैँ यस वर्षको पात्रोमा पनि भाइ टीका (किजापूजा ) र म्हपूजा (आत्म पूजा) एकैदिन परेपछि नेवार समुदाय अन्योलमा परेका हुन् ।


पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष भाइटीका १ मंसीर मा भएको  उल्लेख गरेपनि म्हपूजा सोही दिन परेकोले उक्त दिन भाइटीका  गर्न नहुने स्थानीय बताउँछन् ।


म्ह पुजाको दिनलाई न्हू दया भिन्तुना अर्थात् नेवार समुदायले आफ्नो नयाँ वर्षको रुपमा मान्ने गरेका छन् । यो वर्ष नेपाल सम्बत् ११४१ प्रारम्भ हुनेछ ।


संस्कृतविद् ओम धौँभडेँलका अनुसार म्हपूजा गरेको भोलिपल्ट मात्रै भाइटीका गर्नुपर्ने मान्यता छ ।  ‘म्ह पुजा र भाइटीका एकैदिन गर्नुहुदैन,’ उनले भने, ‘भक्तपुरका नेवार समुदायले तलेजु मन्दिर खोल्ने दिनको आधारमा भाइटीका लगाउने गर्छन् । यस वर्ष तलेजु  मन्दिर कुन दिन खोल्ने भन्ने निर्णयसमेत भएको छैन ।’


भक्तपुरका स्थानीयका अनुसार क्यालेण्डरमा म्ह पूजा र भाइटीका एकैदिन तोकेको छ । म्ह पूजा गरेको भोलिपल्ट मात्रै भाइटीका गरिनुपर्ने भएपनि २ मंसीरमा भाइटीकाको साइत नभएकोले अन्योल भएको उनीहरुको गुनासो छ ।


सरकारले भन्यो २ गते लगाउनू


उता, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २ मंसिरमा नेवार समुदायको भाइटीका परेकोले सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।


यो वर्ष झैँ गत वर्ष पनि म्ह पूजा र भाइटीका एकैदिन परेको थियो । गत वर्ष भक्तपुरका नेवार समुदायका अधिकांशले म्ह पूजाको भोलिपल्ट मात्रै भाइटीका गरेका थिए । यस वर्ष पनि सोही समस्या भएकोले गत वर्षकै घटनालाई दोहर्याउनु पर्ने भक्तपुरका शिवराम तसिजुले बताए ।