close

बर्दघाटमा प्रज्ञाप्रतिष्ठान गठनको तयारी

बर्दघाटमा प्रज्ञाप्रतिष्ठान गठनको तयारी

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - बर्दघाट नगरपालिकाले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्नका लागि बर्दघाट प्रज्ञाप्रतिष्ठान गठनको तयारी गरेको छ । प्रतिष्ठान गठनका लागि नगर कार्यपालिकाबाट ‘बर्दघाट प्रज्ञाप्रतिष्ठान स्थापना तथा संचालन गर्न बनेको ऐन, २०७६’ पारित गरेको हो ।


ऐनको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक  नेपाल  स्थानीय  रूपमा  भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धन तथा तिनको सर्वाङ्गीण विकास गर्न र भाषा, कला, साहित्य र संस्कृति सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रमा समर्पित प्रतिष्ठित प्रतिभाहरूको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि बर्दघाट प्रज्ञाप्रतिष्ठानको स्थापना र संचालन गर्ने’ उल्लेख गरिएको छ ।


प्रतिष्ठान गठनका लागि नगरभित्रका प्राज्ञिक व्यक्तित्वहरूको तथ्यांक संकलनको कार्य थालिएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । ‘कार्यपालिकाबाट ऐन पारित भएको छ’, उनले भने, ‘अब थप प्रक्रिया सुरु हुन्छ ।’


प्रतिष्ठान गठनले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र सम्वद्र्धन हुने नगरप्रमुख बस्यालको विश्वास छ ।


बर्दघाट साहित्य समाजका अध्यक्ष दीनानाथ पौडेलले प्रज्ञाप्रतिष्ठान गठन हुुनु आफूहरूका लागि खुसीको कुरा रहेको बताए । ‘अब एउटा फोरम बन्नु खुसीकै कुरा हो’, उनले भने, ‘यसमा हाम्रो संस्थागत सहयोग हुन्छ ।’