close

छठलगत्तै उपत्यकामा फेरि लकडाउन !

उपत्यकाका १३ पालिका प्रमुख भन्छन्ः लकडाउन नगरी सुखै छैन

छठलगत्तै उपत्यकामा फेरि लकडाउन !

उपत्यकाका १३ पालिका प्रमुख भन्छन्ः लकडाउन नगरी सुखै छैन

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोना भाइरसको संक्रमण वढेको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र गृह मन्त्रालयका अधिकारीहरुले काठमाडौंमा लकडाउन गर्न सुझाव दिएका छन् ।


उपप्रधानमन्त्री इश्वर पोखरेलले उपत्यका भित्रका नगरपालिकाका प्रमुखसँग गरेको छलफलमा जनप्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।


‘चाडवाडका कारण कोरोनाको जोखिम बढ्दै गएको र यस्तै अवस्था आए भयावह अवस्था आउने भन्दै धेरे जनप्रतिनिधि र गृह मन्त्रालयका अधिकारीले समेत लकडाउन नै गर्न सुझाव दिनुभएको छ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले पालिका खबरसँग भने ।

उनका अनुसार तिहार र छठपर्वपछि पनि उपत्यकामा संक्रमणको दर नघटे एक दुई साताका लागि पुनः लकडाउन गर्न जनप्रतिनिधि र संघीय सरकारका अधिकारीहरु सहमत देखिएका छन् ।


सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोरोना नियन्त्रण गर्न मन्त्रिपरिषद्ले चालेको कदमबारे स्थानीय तहलाई जानकारी गराए भने जनप्रतिनिधिले स्थानीय तहबाट कोरोना नियन्त्रणका लागि भएका प्रयासबारे जानकारी गराएका थिए ।

 

उपत्यकाका १३ वटा पालिकाका प्रमुख सहभागी छलफलमा मन्त्री पोखरेलले  सरकार र सीसीएमसीले कोरोना नियन्त्रणमा गरेको प्रयासबारे जानकारी गराए ।

 

स्थानीय तहमा कोरोना निःशुल्क परीक्षण गर्ने विषयमा छलफल भएपनि जनप्रतिनिधिले छठपर्वपछि कडा खालको लकडाउन गर्नुपर्ने सुझाव दिएको उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।  


सीसीएमसी निर्देशक समितिका संयोजकसमेत रहेका पोखरेलले उपत्यकामा देखिएको महामारीको बढ्दो चापको बारेमा छलफल भएको मन्त्री पोखरेलले जानकारी दिए । छलफलमा स्थानीय तहका प्रमुखसहित गृहमन्त्री रामबहादुर थापा (वादल), स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र सीसीएमसीका पदाधिकारी सहभागी थिए ।