close

सियारीका ११ विपन्न परिवारलाई पालिकाकाे घर उपहार

सियारीका ११ विपन्न परिवारलाई पालिकाकाे घर उपहार

Trulli
ADVERTISEMENT

रूपन्देही - रूपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । सियारी अवास निर्माण कार्यक्रमअन्तर्गत ११ वटा भवन निर्माण गरी गाउँपालिकाका ११ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको हो ।


गाउँपालिकाको ४४ लाख रुपैयाँ बजेटमा ११ वटा घर निर्माण सम्पन्न गरी हस्तान्त्रण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताए । वडा नं. १ मा दुई,  ४ मा दुई, ५ मा दुई, ६ मा दुई र ७ मा तीनवटा घर निर्माण गरी हस्तान्तरण गरिएको बताए । ‘गाउँपालिकामा कोही पनि बेघर बस्नुपर्दैन’, उनले भने ।  


गरिब र विपन्न समुदायलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् । सियारी आवास निर्माण कार्य अगामी दिनमा पनि जारी राखिने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मीनप्रसाद भट्टराईले बताए ।


निर्माण भएका घरमा दुई कोठा, एउटा भान्सा कोठा, बरन्डा र शौचालयसहितको टिनको छानो भएको भूकम्प प्रतिरोधात्मक भएको योजना शाखा प्रमुख रोमलाल पुरीले बताए ।