close

भक्तपुर अस्पतालमा पीसीआर परीक्षण सेवा सुरु

भक्तपुर अस्पतालमा पीसीआर परीक्षण सेवा सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको भक्तपुर अस्पतालमा आजदेखि पीसीआर परीक्षण सेवा औपचारिक रूपमा सुरु गरिएको छ । भक्तपुरमा कोरोना संक्रमितको संख्या बढेपछि समुदाय स्तरमा कोरोना फैलिन नदिन उक्त सेवा सुरु गरेको हो । 


बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सेवा सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालले भक्तपुरलगायतका क्षेत्रहरूका बिरामीहरूको विश्वास जित्न सकेकामा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘नगरपालिकाले व्यवस्थित आइसोलेसन संचालन गरी कोरोना संक्रमितहरूलाई आवश्यक परामर्श सेवा पनि दिइरहेको छ । कोरोनालाई मध्यनजर गरी हामीले अनलाइनमार्फत शारीरिक व्यायाम गर्न सिकाएका छौँ ।’

 
बागमती प्रदेशका प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले वर्तमान समयमा भक्तपुर अस्पताल संचालनमा ठूलो विकास भइरहेको बताएका छन् । उनले जनप्रतिनिधि, प्रशासन, अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारीहरूको सामूहिक प्रयासका कारण अस्पतालको प्रगति सम्भव भएको बताए ।


केही दिनअघि मात्र आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालको प्रगति अरू अस्पतालको भन्दा उत्कृष्ट भएसँगै भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको थियो ।