close

तादी गाउँमा पहिलो पटक पुग्याे बस,  चालकलाई अबीरमाला

तादी गाउँमा पहिलो पटक पुग्याे बस,  चालकलाई अबीरमाला

Trulli
ADVERTISEMENT

नुवाकोट- नुवाकोटको तादी गाउंँपालिकाको वडा नम्बर- १ को देउताखर्कमा पहिलो पटक यात्रुवाहक बस पुगेको छ ।  बस पुग्दा स्थानीयमा खुसी छाएको छ । 

 

बुधबार देउताखर्कमा बस पुग्दा स्थानीयहरूले बस चालक चन्द्र गुरुङलाई अबीरमालाले स्वागत नै गरे । गाउँपालिकाको विशेष पहलमा निर्माण भएकोे सडकमा पहिलो पटक बस गुड्दा खुसी छाएको गाउंँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए । 

 

यातायातको सुविधाले अब गाउँमा उत्पादित कृषि सामग्री बजारसम्म पुग्ने भएपछि स्थानीय पनि मख्ख छन् ।


स्थानीयको धेरै लामो प्रयास र लगनशीलतामा बाङ्गेश्वर हुँदै देउताखर्कसम्मको सडक यातायात चल्नेगरी निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पाण्डेले बताए । पाण्डेका अनुसार आगामी दिनमा देउताखर्क हुँदै माथिल्लो भेग उर्लेनीदेखि काल्चेसम्म दैनिक रूपमा यातायात सञ्चालनका लागि सडक निर्माण गर्ने योजना पालिकाको छ ।