close

जनकपुरधाम उपमहानगरका नीजि विद्यालयले पाँच महिनाको शुल्क नलिने

जनकपुरधाम उपमहानगरका नीजि विद्यालयले पाँच महिनाको शुल्क नलिने

Trulli
ADVERTISEMENT

धनुषा– जनकपुरधाम उप महानगरपालिका भित्रका संस्थागत (निजी) विद्यालले कोरोना अवधिको पाँच महिनाको शुल्क नलिने सहमति भएको छ ।


कोरोनाका कारण सात महिनादेखि बन्द विद्यालयले पछिल्लो तीन महिनाको मात्र शुल्क लिने भएका हुन् । उप महानगरपालिकाले विहीबार प्याब्सन, एनप्याब्सन र एमप्याब्सनका पदाधिकारीसँग छलफल गरी यस्तो सहमति जुटाएको हो ।


विद्यालय बन्द भएको समयवाधिको मूल्यांकन गर्दै मासिक शुल्क, यातायात शुल्क, छात्रावास शुल्क  मिनाहा गर्ने निर्णय भएको  उप महानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख अञ्जु पाण्डेयले बताए ।


यो अवधिमा केही विद्यालयले अनलाइन कक्षा भने सञ्चालन गरेका थिए । जनकपुरधाम उप महानगरपालिका भित्र हाल १२२ ओटा निजी विद्यालय सञ्चालनमा छन् । यो निर्णय सबै विद्यालयको लागि लागू हुने एनप्याब्सन धनुषाका अध्यक्ष अबधेश तिवारीले पालिका खबरलाई जानकारी दिए ।