close

सरकारी अस्पताल र ल्यावमा अब कोरोना परीक्षण र उपचार निःशुल्क

सरकारी अस्पताल र ल्यावमा अब कोरोना परीक्षण र उपचार निःशुल्क

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।

निःशुलक परीक्षणबाट सरकार पछि हटेपछि यसको चौतर्फी विरोध हुँदै आएको थियो । विरोध थेग्न नसकेपछि स्वासथ्य तथा जनस.ख्या मन्त्रालयले आज सूचनामार्फत सरकारी अस्पताल र ल्यावमा निःशुल्क परीक्षण र उपचार गर्ने जानकारी गराएको हो ।


‘नेपाल सरकारले कोभिड–१९ को परीक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड १९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार निःशुलक गरिनेछ,’ मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


निःशुल्क गरेपनि कोरोना बिमा गरेकाको हकमा भने उपचार र परीक्षणमा लागेको शुल्क बिमा रकमबाट व्यहोर्नुपर्ने नियम बनाएको छ । अव बिमा गरेका व्यीक्तलाई कोरोना लागेमा र उपचार गर्नुपर्ने भएमा सरकारी अस्पताललमा लागेको खर्च भने बिमा रकमबाट कट्टी गरिनेछ ।