close

पाथीभरा याङ्वरकको अनुरोध : आफू पनि पाहुना नजाऊँ, घरमा पाहुना पनि नबोलाऔं

पाथीभरा याङ्वरकको अनुरोध : आफू पनि पाहुना नजाऊँ, घरमा पाहुना पनि नबोलाऔं

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले चाडपर्वमा कतै पाहुना नजान र पाहुनालाई पनि घरमा नबोलाउन पालिकाका बासिन्दालाई आग्रह गरेको छ ।


प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोले अनुरोधपत्र सार्वजनिक गर्दै घरमै बसी चाडपर्व मनाउन आग्रह गरेका छन् । फागोद्वारा जारी अनुरोधपत्रमा चाडपर्वमा आफू पनि कतै पाहुना नजान तथा आफन्त र पाहुनालाई पनि घरमा आमन्त्रण नगर्न भनिएको छ । 


नेपालमा दिन प्रतिदिन कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै कोरोना भाइरसबाट पालिकाका बासिन्दालाई जोगाउन गाउँपालिकाले नियमकै रूपमा अनुरोधपत्र सार्वजनिक गरेको हो । आफू, आफ्नो परिवार र समुदायलाई कोरोना भाइरस संक्रमणबाट टाढै राख्न गाउँपालिकाले चार बुँदामा नियम सार्वजनिक गरेको हो ।

 

यसअनुसार देउसीभैलो तथा नाचगान जस्ता कार्यहरू नगर्न-नगराउन, पटका जस्ता विस्फोटक पदार्थको किनबेच र प्रयोग नगर्न-नगराउन र भीडभाड हुने कुनै पनि किसिमका कार्यहरू नगर्न-नगराउन अनुरोध गरिएको छ । 


शुभ दीपावलीलाई किरातहरूले बलिहाङ तङ्नामका नामले मनाउँछन् । लिम्बू समुदायमा हाङ भन्नाले राजा र तङ्नाम भन्नाले चाडपर्वको रूपमा बुझिन्छ ।