close

फाल्गुनन्दले बनायो विकासका लागि २५ वर्षको योजना

फाल्गुनन्दले बनायो विकासका लागि २५ वर्षको योजना

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको फाल्गुनन्द गाँउपालिकाले पालिकाको विकासका लागि ५ वर्षे लक्ष र २५ बर्षकालागि दिर्घकालीन सोच निर्धारण गरेको छ । एकीकृत गाँउ विकास रणनीति योजना तर्जुमा गरिएको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।


उनका अनुसार ५ वर्षभित्र सम्पन्न गर्ने गरी लक्ष निर्धारण गरिएको छ भने २५ वर्षका लागि दिर्घकालीन सोच निर्धारण गरिएको छ । गाँउपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुले छलफल गरेर लक्ष्य तथा दिर्घकालीन सोच निर्धारण गरेका हुन् ।


समृद्ध फाल्गुनन्दः कृषि, पर्यटन, पूर्वाधार र सु–सस्कृत समाज भन्ने २५ वर्षे सोच निर्धारण  गरएिको छ । यस्तै कृषिमा व्यावसायीकरण, पर्यटन प्रवर्द्धन, पुर्वाधार विकास र स्वच्छ वातावरण कायम गर्दै, सर्वसुलभ गुणस्तरीय प्राविधिक शिक्षा र आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउने तथा सुशासनको प्रत्याभूति गरी समतामूलक र सु–संस्कृत समाज निर्माणतर्फ उन्मुख हुँदै दीगो विकासमा जोड दिने पाँच वर्षे लक्ष्य निर्धारण गरिएको छ ।

 

स्वीस अन्तराष्ट्रिय विकास सहयोग तथा प्रदेश १ सरकारको सहयोगमा गाउँपालिकाले लक्ष्य निर्धारण गरेको हो । गर्भनेन्स डिजाईन सोलुसन काठमाडौँले सहजीकरण गरेको थियो । गाउँ गौरवको आयोजनाको रुपममा पूर्वाधार तर्फ ७ वटा सडक, रोजगारी तथा आय वृद्धिका लागि ५ योजना र राजश्व बढाउनका लागि ४ योजना अघि सारिएको छ ।