close

उब्जनी बढाउन किसानलाई पोली हाउस वितरण

उब्जनी बढाउन किसानलाई पोली हाउस वितरण

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको पुर्चौडी नगरपालिकाले किसानलाई पोली हाउस वितरण गर्न थालेको छ । तरकारी खेतीमा लागेका किसानलाई सहयोग गर्ने उद्देश्यले पोली हाउस वितरण गर्न लागिएको नगर उपप्रमुख जानकी ऐर बमले बताइन् । ‘७५ प्रतिशत अनुदानमा किसानलाई पोली हाउस वितरण गर्न थालेका हौं,’ बमले भनिन् ।

 

किसानको मागमा आधारित रहेर नगरपालिकाका १० वटै वडाका एक सय ५६ किसानलाई पोली हाउस वितरण सुरु गरिएको उपप्रमुख बमले जानकारी दिइन् । व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई सहयोग गर्न नगरपालिकाले २३ लाखको लागतमा पोली हाउस खरिद गरी वितरण गरेको हो ।


पोली हाउससँगै किसानलाई एकदिने प्राविधिक तालिमसमेत दिने गरिएको छ । गत आर्थिक वर्षको तीन लाख र चालू आवको २० लाख गरेर सो कार्यक्रमका लागि २३ लाख बजेट विनियोजन भएको छ ।


दुई-दुई वडाका किसानलाई तालिमसहित पोली हाउस वितरण सुरु भएको बमले बताइन् । नगरपालिकाले पोली हाउस वितरणपछि व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई सजिलो हुनेछ ।


नगरपालिकाबाट पोली हाउस पाएपछि किसान खुसी भएका छन् । कृषक धनबहादुर धानुकले भने, ‘नगरपालिकाबाट सहयोग पाएपछि उत्पादन बढ्ने अपेक्षा छ । कृषकका धेरै समस्या छन् । त्यसमा पनि नगरले चासो दिनुपर्छ ।’