close

तिलोत्तमामा चक्कु हानेर छोराको हत्या

तिलोत्तमामा चक्कु हानेर छोराको हत्या

Trulli
ADVERTISEMENT

रुपन्देही–  रुपन्देहीमा चक्कु प्रहार गरी बाबुले आफ्नै छोराको हत्या गरेका छन् । तिलोत्तमा नगरपालिका–११ संञ्जिवनीका ४३ वर्षीय शेरबहादुर गुरुङले शनिबार साँझ आफ्नै १९ वर्षका छोरा पदम बहादुर गुरुङलाई चुक्कु प्रहार गरेका थिए ।

चुक्कु प्रहारबाट बायाँ खुट्टाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

चक्कु प्रहारबाट घाइते पदमलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३ वटा टाँका लगाई शनिबार साझ डिस्चार्ज गरिएको थियो ।


शनिबार राती करिव ११ बजेतिर एक्कासी बेहोस भइ पुनः उपचारको लागि सोही अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने उनका बुबा शेरबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।