close

अब प्रदेश २ ले आफ्नै बस कुदाउने

अब प्रदेश २ ले आफ्नै बस कुदाउने

Trulli
ADVERTISEMENT

धनुषा- प्रदेश २ सरकारले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि प्रदेश सरकारले पाँच बस खरिद गरेको छ ।

 

सरकारको महत्वाकांक्षी योजनाअनुसार पाँच बस प्रदेश २ स्थित धनुषाको ढल्केबरमा रहेको सिप्रदी कार्यालयमा राखिएको भौतिक विकास पूर्वाधार मन्त्रालयले जनाएको छ ।


प्रतिबस ६७ लाख ९५ हजार रुपैयाँमा खरिद गरिएका पाँच वटा बसको औपचारिक रुपमा सार्वजनिक गरिने  भौतिक विकास पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

 

प्रदेश सरकारको महत्वाकांक्षी योजनाअनुरुप आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रममा समावेश गरिएअनुसार पाँच खरिद गरिएको र केही दिनभित्रै सञ्चालन ल्याइने सोनलले बताए ।


निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुरदेखि वीरगञ्ज दुई र दुइटा जनकपुरदेखि राजविराज तथा एउटा बस राजविराजदेखि वीरगञ्जसम्म सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।


गाडी खरिद तथा सञ्चालनको उद्देश्य र योजनाबारे प्रदेश सरकारले केही बताउन चाहेको छैन । स्रोतका अनुसार बसको भुक्तानीसमेत बाँकी रहेकाले रकम फस्र्योटसँगै सञ्चालनमा ल्याउने योजना प्रदेश भौतिक विकास पूर्वाधार मन्त्रालयको छ ।

ख्रिद गरिएका पाँच वटा बसको मूल्य ३ करोड ३९ लाख ७५ हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।