close

शिक्षक दरबन्दी मिलान गर्ने पहिलो पालिका बन्यो पाथीभरा याङ्बरक

शिक्षक दरबन्दी मिलान गर्ने पहिलो पालिका बन्यो पाथीभरा याङ्बरक

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले शिक्षक दरबन्दी मिलान सम्पन्न गरेको छ । पालिकाभित्र पुल दरबन्दीमा कार्यरत ९ शिक्षकलाई अर्को विद्यालयमा मिलान गरिएको पालिकाका शिक्षा अधिकृत लासाङ तामाङले जानकारी दिए ।


दरबन्दी मिलान पूरा गर्ने पाथीभरा याङ्बरक जिल्लाकै पहिलो पालिका बनेको उनले दाबी गरे । पालिकाले शारदा माध्यमिक विद्यालय थुम्बेदिनको रिक्त प्राथमिक तहको दरबन्दी त्यहीँकै जनता आधारभूत विद्यालयमा मिलान गरेको हो ।


लक्ष्मी आधारभूत विद्यालय र कालिका मावि नाङ्खोल्याङको रिक्त प्राथमिक तहको दरबन्दी डुम्रिसेस्थित सिद्धेश्वरी माविमा मिलान गरिएको तामाङले बताए ।

 

कालिका मावि नाङ्खोल्याङको रिक्त प्राथमिक तहको अर्को दरबन्दी नाङ्खोल्याङकै हिमालय माविमा र लक्ष्मी आवि नाङ्खोल्याङको दरबन्दी थेचम्बु आवि थेचम्बुमा मिलान गरिएको छ ।

 

यस्तै, युवा मावि नाङ्खोल्याङको रिक्त प्राथमिक तहको दरबन्दी त्यहीँकै लक्ष्मी माविमा, सरस्वती मावि नाङ्खोल्याङको दरबन्दी महाकाली मावि थेचम्बुमा, विश्वज्योति मावि नाङ्खोल्याङको दरबन्दी थेचम्बु मावि थेचम्बुमा र सिद्धकुमारी मावि तिरिङ्गेमा मिलान गरिएको पाथीभरा याङ्बरक गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

 

‘गाउँ शिक्षा समिति र गाउँ कार्यपालिका बैठकले मिलानका लागि दिएको कार्यादेशअनुसार दरबन्दी मिलान पूरा गरी त्यसको जानकारी दुवै निकायमा पठाइसकेका छौं’, शिक्षा अधिकृत तामाङले भने ।