close

मायादेवी गाउँपालिका खुल्यो, आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

मायादेवी गाउँपालिका खुल्यो, आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको मायादेवी गाउँपालिकाको वडा नं.- २ पिपरहवामा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।


अध्यक्ष चौधरीले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा दिन स्वास्थ्य संस्था खोलिएको बताउँदै पालिकाले जनाताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको बताए ।


उनले गाउँपालिकाका सबै वडामा सरकारको नीतिअनुसार स्वास्थ्य चौकी बनाउने बताउँदै अहिले गाउँपालिकाको वडा नं.- २ पिपरहवामा आधारभूत स्वास्थ्य केन्द्र सुरु गरिएको उल्लेख गरे ।


कमरिया स्वास्थ्य चौकीका प्रमुख प्रमुनी चौधरीले जनताको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर भएर लागेको बताए । स्थानीय सरकार आएपछि सबै सेवा घरघरमा पुर्‍याउने उद्देश्यका साथ काम बढाएकोप्रति स्थानीयले खुसी व्यक्त गरे ।