close

छठमा वडाध्यक्षले दिए मोबाइलदेखि ब्ल्याङकेटसम्म कोसेली

छठमा वडाध्यक्षले दिए मोबाइलदेखि ब्ल्याङकेटसम्म कोसेली

Trulli
ADVERTISEMENT

धनुषा–  जनकपुरधाम उपमहानगरका एक वडाध्यक्षले छठ पर्व अवसर पारेर एक सय महिलालाई सम्मान गर्दै साडी, ब्ल्याङकेटलगायत विभिन्न सामग्री वितरण गरेका छन् ।

 

जनकपुरधाम उपमहागर वडा–२ का वडाध्यक्ष शिवकुमार साहले निजी स्तरमा ७० महिलालाई मोबाइल सिम, ब्ल्याङकेट, साडी, स्यानिटाइजर, मास्क, मिठाई प्याकेटलगायतका सामग्री वितरण गरेका हुन् ।

 

‘वृद्ध र विधुवा महिलालाई प्रतिव्यक्ति तीन हजार मूल्य बराबरको सामग्री वितरण गरेको हुँ । ३० दलित महिलालाई छठ पूजाका निम्ति साडी सेटसहित छठ सामग्री वितरण गरें’, वडाध्यक्ष साहले भने ।

 

वडाध्यक्ष साहले छठ अवसरमा सोमबार उप–महानगरको वडा–२ स्थित वडाा कार्यालयमा वितरण गरेका हुन् । ‘प्रत्येक वर्षझंै यो वर्ष पनि व्यक्तिगत लगानीमा विपन्न, एकल र वृद्धलाई महिलालाई छठ पूजा अवसरमा सामग्री वितरण गर्दै आएको छु’, वडाध्यक्ष साहले भने ।

 

यसअघि पनि वडाका वृद्ध र एकल महिलालाई गत २०७४ मा बाबाधामलगायत भारतको सात तीर्थस्थल यात्राको फेरो लगाएको वडाध्यक्ष साह सुनाउँछन् ।


त्यस्तै, २०७५ मा पशुपतिनाथ, मनकामनालगायत स्थानमा तीनदिने धार्मिक यात्रा आफ्नै खर्चमा गराएको उनले बताए । ‘२०७६ मा पनि वडाभित्रका महिला र वृद्धवृद्धारुलाई साडी र कम्बल वितरण गरेको थिएँ’, उनले भने ।