close

बन्द विद्यालय खोल्ने जिम्मा अब स्थानीय तहलाई नै

बन्द विद्यालय खोल्ने जिम्मा अब स्थानीय तहलाई नै

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना संक्रमणको जोखिम नभएका वा कम भएका स्थानमा स्थानीय तहले नै विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।


सरकारले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको यो कार्यविधिमा स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरेर विद्यालय बन्द गर्ने अधिकार दिइएको छ ।


विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाको अधिनमा रहेर विद्यालय खोल्ने या नखोलने भनने अधिकार अधिकार स्थानीय तहलाई हुने छ भने अनुगमनको जिम्मा पनि स्थानीय तहलाई नै दिइएको छ ।


कोभिड–१९ रोकथामका लागि सरकारले गठन गरेको ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’को ५ चैतको बैठकले देशभरका शिक्षण संस्थाहरु बन्द गरेको थियो । अव बन्द विद्यालय खोल्ने नखोलने निर्णय भने स्थानीय तह आफैंले लिनेछन् ।