close

कोरोना संक्रमणबाट धनुषाधामका वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट धनुषाधामका वडा अध्यक्षको मृत्यु

Trulli
ADVERTISEMENT

धनुषा- धनुषामा कोरोना संक्रमणबाट एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर- ६ का वडा अध्यक्ष बन्देबहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।


७० वर्षीय मोक्तानको बिहीबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।


वडा अध्यक्ष मोक्तानलाई एक हप्ता पहिले ज्वरो आएपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो ।


उनी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थिए । शरीरमा अक्सिजन लेभलसमेत कम रहेको वडा अध्यक्ष मोक्तानको गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् । यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।