close

छठ पर्वले मानिस र प्रकृतिलाई एकताको माला बाँधेको छः मुख्यमन्त्री पोखरेल

छठ पर्वले मानिस र प्रकृतिलाई एकताको माला बाँधेको छः मुख्यमन्त्री पोखरेल

Trulli
ADVERTISEMENT

रूपन्देही - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले छठ पर्वको अवसरमा शुभकामना सन्देशमार्फत नेपाल भौगोलिक मात्र नभई सांस्कृतिक विविधतायुक्त मुलुक भएको बताएका छन् । उनले विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि भएको उल्लेख गरेका छन् । 


शुभकामना सन्देशमा विभिन्न समुदायले मनाउने पर्व र संस्कृतिले विविधतायुक्त समाजलाई एकताको मालामा बाँध्न संभव भएको बताउँदै समाजमा मनाइने पर्व र संस्कृतिले एकता, भ्रातृत्व, सहकार्य र मेलमिलापको वातावरण बनाइरहेका उल्लेख गरिएको छ ।


यहाँ मनाइने पर्वहरू सबै नेपालीका साझा पर्व भएको बताउँदै उनले कुनै समुदाय विशेषले मनाउने पर्व अब कुनै समुदाय विशेषका मात्रै नरहेका र कुनै समुदाय विशेषले महत्त्वका साथ मनाउने पर्व अहिले सबै नेपालीका साझा बन्दै गएका उल्लेख गरेका छन् । 


समुदाय विशेषका पर्व सबैको साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद मान्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले सन्देशमा कुनै क्षेत्र र समुदाय विशेषको छठ आज सबैको साझा पर्व बनेको र यस पर्वले समाजलाई एकाकार भई अघि सकारात्मक बल प्रदान गरेको उल्लेख गरेका छन् ।

 

छठले समाजमा भ्रातृत्वको वातावरण बनाउन मात्र नभएर सिंगो प्रकृतिलाई माया गर्दै सहकार्य गर्न सन्देश दिएको पनि उल्लेख गरेका छन् । सूर्य, नदी, पोखरी, तलाउ जस्ता प्रकृतिका अमूल्य उपहार छठ पर्वमा प्रयोग हुने गरेका छन् । त्यसैगरी यस पर्वमा प्रयोग गरिने कृषि उत्पादन ग्रामीण अर्थतन्त्रका आधार हुन् भनिएको छ । उनले मानिस र प्रकृतिबीचको सन्तुलित सम्बन्धले मात्र उज्यालो भविष्यको आशा गर्न सकिने पनि बताएका छन् ।


मानिस र प्रकृतिबीचको असन्तुलनले मानिसको मात्र नभएर अन्य जीवजन्तुको समेत भविष्य अनिश्चित हुने उल्लेख गर्दै सन्देशमा तसर्थ प्रकृतिका अमूल्य उपहार मानिससहित सबै प्राणीका लागि भएका र अहिलेका लागि मात्र नभएर भविष्यका लागि पनि भएका बताइएको छ । छठ पर्वले दिन खोजेको यो सन्देशलाई आत्मसात गर्दै अघि बढ्न मुख्यमन्त्री पोखरेलको आग्रह छ ।