close

किमको आदेशः चीनबाट आउनेलाई गोली हान्नू 

किमको आदेशः चीनबाट आउनेलाई गोली हान्नू 

Trulli
ADVERTISEMENT

उत्तर कोरियाका नेता किम जोङ उनले चीनतर्फबाट आउने जोसुकैलाई गोली हान्न आदेश दिएका छन् ।

उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण रोक्न प्रयत्न गरिरहेको छ । दक्षिण कोरियामा तैनाथ अमेरिकी फौजका कमाण्डरले किमले सो आदेश दिएको जानकारी दिएका हुन् । 

उत्तर कोरियामा कोरोना भाइरस संक्रमण फैलिएको बताइएपनि हालसम्म एउटा पनि संक्रमणको विवरण सार्वजनिक भएको छैन । उत्तर कोरियाले गत जनवरीमा नै कोरोना रोक्नभन्दै चीनसँगको सीमा बन्द गरेको छ । 

उत्तर कोरियाले ठूलो मात्रामा चीनबाट सामान आयात गर्दै आएको छ । उत्तर कोरियाले सीमा क्षेत्रमा विशेष सैनिक दस्ता तैनाथ गरेको छ । सो फौजलाई चीनबाट उत्तर कोरिया आउनेमाथि गोली हान्ने आदेश दिइएको छ ।