close

राजेश हमालसँगै नाचिन् प्रचण्डकी नातिनी

राजेश हमालसँगै नाचिन् प्रचण्डकी नातिनी

Trulli
ADVERTISEMENT

कैलाली - गायिका तथा नेकपाका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाल र  राजेश हमालको जोडी स्मिताको गीत मालिङ्गाेमा मार्फत म्युजिक भिडियोमासँगै देखिएका छन् । 


पछिल्लो समय आफ्नो आवाजसँगै अभिनयले दर्शक श्रोताको मन जित्दै आएकी पूर्व प्रधानमन्त्री प्रचण्डकी नातिनी स्मीता र गायक  राजनराज सिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । 

 

बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई गितमा प्रस्तुत गरिएको छ । 

 

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज सिवाकोटीको सङ्गीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ। सुनिल क्षेत्रीको कथा,कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडिओ नवराज उप्रेतीले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।