close

दार्चुला विद्युत कार्यालय अनिश्चितकालीन बन्द

दार्चुला विद्युत कार्यालय अनिश्चितकालीन बन्द

Trulli
ADVERTISEMENT

दार्चुला - नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत एक जना कर्मचारीको कोरोनाका कारण मृत्यु भएपछि नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र अनिश्चितकालीन बन्द गरिएको छ । 


विद्युत प्राधिकरणमा कार्यरत ३० वर्षीय कर्मचारी पदम बडालको मृत्यु भएपछि विद्युत प्राधिकरणको कामकाज बन्द गरिएको हो ।


नेपाल विद्युत प्राधिकरण दार्चुलाको सम्पूर्ण कामकाज ३ मंसिरदेखि बन्द गरिएको विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । ३० कात्तिकमा स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढी उपचारका लागि लैजाने क्रममा विद्युतमा कार्यरत कर्मचारीको बैतडीको सतबाँझमा मृत्यु भएको थियो ।


बैतडी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि त्यसयता विद्युत कार्यालय पूरै सिल गरिएको दार्चुला विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका सूचना अधिकारी केशवदत्त भट्टले जानकारी दिए ।


कार्यालयमा कार्यरत कर्मचारी तथा मृतकका सम्पर्कमा रहेका २१ जना कर्मचारी तथा तीन जना गार्डको गरी २४ जनाको स्वाब बुधबार संकलन गरी पीसीआर परीक्षणका लागि डडेल्धुरा प्रयोगशाला पठाइएको महाकाली नगरपालिकाका स्वास्थ्य संयोजक मोहनसिंह महराले बताए । उनीहरूको रिपोर्ट नआएसम्म प्राधिकरणको सम्पूर्ण काम बन्द गरिएको छ ।


समुदायस्तरमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आंशकापछि उनको सम्पर्कमा रहेका घर परिवारको समेत कोरोना परीक्षण गरिएको छ । विद्युत प्राधिकरण पूरै सिल गरिएका कारण ग्राहकहरूले मासिक तिर्नुपर्ने महसुल तिर्नसमेत पाएका छैनन् ।