सूर्यविनायक नगरले हप्ताको तीन दिन निःशुल्क पीसीआर परीक्षण गर्ने


  • change font
  • change font
  • change font

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिकाले हप्ताको तीन दिन निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले हप्ताको तीन दिन घुम्ती शिविरमार्फत पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो । 


नगरपालिकाका वडा नं. १, २, ३ र ४ मा दधिकोटमा प्रत्येक सोमबार बिहान साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म पीसीआर परीक्षण गर्ने भएको छ । बुधबार बिहान साढे ११ बजेदेखि १ बजेसम्म हात्तीगौँडा छैडौमा वडा नंं. ५, ६ र ७ का नागरिकको पीसीआर परीक्षण गर्ने भएको छ ।

 

यसैगरी वडा नं. ८, ९ र १० का नागरिकलाई जगातिको निर्माणाधीन कोभिड अस्पतालमा शुक्रबार बिहान साढे ११ बजेदेखि १ बजेसम्म परीक्षण गर्ने भएको छ ।नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीका अनुसार नगरमा हालसम्म ७ हजार ५५ जनाको कन्ट्याक टेसिंग गरिसकेको छ भने ८४१ जनाको रिर्पाट पोजिटिभ आएको छ ।