close

बीउबीजनमा आत्मनिर्भर बनाउन बीजबृद्धि कार्यक्रम

बीउबीजनमा आत्मनिर्भर बनाउन बीजबृद्धि कार्यक्रम

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– बर्दघाट नगरपालिकाले बीउमा नगरलाई आत्मनिर्भर बनाउन बीज बृद्धि कार्यक्रम संचालन गरेको छ । स्थानीय जातका बीउबीजनहरुको संरक्षण र बीउमा आत्मनिर्भर बनाउने उद्धेश्यले सहकारी संस्थाहरुसँगको सहकार्यमा बीज बृद्धि कार्यक्रम संचालन गरिएको हो ।

 

नगर प्रमुख धीरज शर्मा बस्यालले बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउन नगरपालिका लागि परेको बताए । बर्दघाट नगर दुधमा आत्मनिर्भर हुने अवस्थामा छ भने अण्डा मासुमा पनि आत्मनिर्भर उन्मुख भएको जनाएको छ ।

 

खाद्यान्न उत्पादनमा समेत आत्मनिर्भर हुने लक्ष्य सहित काम भइरहेको नगर प्रमुख बस्यालले बताए । बीउबीजनमा नगरलाई आत्मर्निभर बनाउन सके बीउ आयात घट्ने र यसबाट स्थानीय बीउबीजनको बिभिन्न जातको संरक्षण हुने उनको भनाइ छ ।


नगरपालिकाले धान मकै तथा गहुँको मुलबीउ बितरण गरेर बीउ उत्पादनमा लागेको नगर प्रमुख बस्यालले जनाए । यसवर्ष नगरपालिकाले कृषि क्षेत्रमा ५ गुणा बजेट बृद्धि गरेको जनाएको छ ।  


नगरले  बर्दघाट–४ मा रहेको माकर बहुमुखी सहकारी संस्था र बर्दघाट ९ भुताहामा रहेको मधुवन कृषि सहकारी संस्थालगायतको सहकार्यमा कार्यक्रम संचालन गर्दै आएको छ । बर्दघाट नगरले दाउन्नेदेवी क्षेत्रमा बीउ बैंक समेत स्थापना गरेको छ । वडा नम्बर १४, १५ र १६ का कृषकलाई बीउ बीजन आदान प्रदानमा सहज बनाउन त्यहाँ बीउ बैक संचालन हुदै आएका छ ।


१ सय ३० क्विन्टल गहँुको बीउ ५० प्रतिशत अनुदानमा बितरण गरेको नगरले धानको बीउ पनि बितरण गर्ने कृषि विकास अधिकृत युवराज लम्साल बताउँछन् ।


यसैबीच बुधवार नगरपालिकाले एक कार्यक्रम गरी मधुवन सहकारीलाई गहुँको मुलबीउ प्रदान गरेको छ । मधुवन कृषि सहकारी संस्थाका अध्यक्ष नारायणदत्त घिमिरेले नगरले कृषिमा बजेट थप गरेर कृषिमुखी योजना ल्याएकोले योजना कार्यान्वयनमा सबैको साथ रहने बताए ।