close

सिरिजङ्घामा गुड्नेछन् बाह्रैमास सवारी

सिरिजङ्घामा गुड्नेछन् बाह्रैमास सवारी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा नम्बर २ आम्बेगुदिनको त्रिसुले बरबाट हप्पुखोला हुँदै पालिकाको केन्द्र तेल्लोकसम्म पुग्ने सडक सोलिङ तथा स्तरोन्नति सुरु भएको छ ।

 
प्रदेश १ सरकारको पूर्वाधार विकास कार्यक्रमको बजेटमार्फत करिव १२ किलोमिटर सडक स्तरोन्नतिको कार्य अघि बढेको हो । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङका अनुसार कूल सडकको लम्बाइ मध्ये एकहजार पाँचसय मिटर सडक पूरै सोलिङ गरिने छ भने नाला कटान, ग्याबिङ, सडक मर्मत तथा स्तरोन्नतिको कार्य समेत हुनेछ ।


भ्याट सहित एक करोड ५३ लाख रुपैंया बजेट रहेकोमा थेवे कन्ट्रक्सनले ६८ लाख रुपैंयामा ठेक्का पारेर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इञ्जिनियर नबिन यादवका अनुसार सवारी सञ्चालनमा सबैभन्दा कठिन ठाउँ रहेका क्षेत्रहरुमा सोलिङ गरिने छ ।


गाउँपालिकाको केन्द्रसम्म बाह्रैमास सडक सञ्चालन हुने गरी स्तरोन्नति, सोलिङ, नाली तथा ढल व्यवस्थापन र ग्याबिङको काम समेत भइरहेको उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष गुरुङले अब सडक निर्माण गर्दा पहिरो झर्ने सम्भावित क्षेत्रहरुमा ग्याबिङ र सडकको कम्तिमा एकसाइडमा नाली निर्माण अनिवार्य रहने गरी कार्य अघि बढेको जानकारी दिए ।