close

सिदिङ्वाका स्थायी शिक्षक विषयविज्ञमा सूचीकृत

सिदिङ्वाका स्थायी शिक्षक विषयविज्ञमा सूचीकृत

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको शिक्षा शाखाले विषयविज्ञमा सूचीकृत हुन पालिकाभित्रका शिक्षकहरूलाई आह्वान गरेको छ ।

 

पालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा रिक्त हुने विभिन्न पदका शिक्षकको पदपूर्ति गर्न स्थायी शिक्षकलाई विषयविज्ञमा सूचिकृत हुन गाउँपालिकाले सूचना जारी गरेको हो ।


गाउँपालिका शिक्षा अधिकृत सुनिता भट्टराईका अनुसार आधारभूत तहअन्तर्गतका लागि विषयविज्ञमा सूचीकृत हुन स्नातक तह उत्तीर्ण स्थायी शिक्षक हुनुपर्नेछ । आधारभूत तहका लागि स्नातक तह उत्तीर्ण भइ सम्वन्धित विषयको निम्न माध्यमिक तहको स्थायी शिक्षक हुनुपर्नेछ ।

 

यस्तै, माध्यमिक तहका लागि स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित विषयमा मावि तहको स्थायी शिक्षक हुनुपर्ने प्रावधान रहेको गाउँपालिका शिक्षा शाखा अधिकृत भट्टराईले जानकारी दिइन् ।

 

‘सूचीकृत हुन चाहने स्थायी शिक्षकले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी शिक्षक नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि र नेपाली नागरिकता तथा अनुभवका प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी गाउँपालिकाको युवा, खेलकुद र शिक्षा शाखामा आवेदन दिनुपर्नेछ’, भट्टराईले भनिन् ।

 

पालिकाभित्रका कुनै विद्यालयमा शिक्षक नियुक्ति गर्नुपर्ने अवस्थामा सूचीकृत भएका विषयविज्ञलाई सम्वन्धित विषयको विज्ञताका आधारमा जिम्मेवारी दिइनेछ ।