close

गर्भवतीदेखि बालबालिकासम्मले पाउने भए गाउँमै उपचार

गर्भवतीदेखि बालबालिकासम्मले पाउने भए गाउँमै उपचार

Trulli
ADVERTISEMENT

कैलाली- स्वास्थ्य मानव जीवनका लागि सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हो । तर, सामान्य स्वास्थ्य सेवा लिन गाउँगाउँबाट बजार पुग्नुपर्ने बाध्यता अझै धेरै ठाउँमा छ । केही पालिकाले भने जनताले प्राथमिक उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै छन् ।


कैलालीको घोडाघोडी नगरपालिका, जहाँ  अब हरेक वडामा जनताले पाउनेछन् स्वास्थ्य सेवा । यस पालिकाले गर्दै छ हरेक वडामा स्वास्थ्य चौकी तथा केन्द्र स्थापना । 


हरेक नागरिकले स्वास्थ्य उपचारमा सहज रूपमा पहुँच राखून् भन्ने उद्देश्यले स्वास्थ्यमा लगानी वृद्धि गरेको नगरपालिकाले जनाएको छ । १२ वटा वडा रहेको पालिकामा अहिले चारवटा स्वास्थ्य चौकी र दुईवटा स्वास्थ्य केन्द्र संचालित छन् भने बाँकी छवटा स्वास्थ्य केन्द्रको भवन निर्माणको काम अन्तिम चरणमा रहेको पालिकाका स्वास्थ्य शाखा उपप्रमुख वेदप्रकाश चौधरीले  जानकारी दिए । जनताको स्वास्थ्य सम्बन्धमा आफूहरू गम्भीर रहेको  चौधरीको भनाइ छ ।


हरेक वडामा अब गर्भवती महिला बजारसम्म पुग्नु नपर्ने, बालबालिकाको खोप वडामै स्वास्थ्य केन्द्रमा दिइने र त्यसका साथै जनताले प्राथमिक उपचार गर्नैका लागि बजार गएर मोटो रकम खर्च गर्नुपर्ने बाध्यताको अन्त्य हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहके भनाइ छ ।