close

जिल्ला अस्पताल हुम्ला एक साताका लागि सिल, सबै सेवा बन्द

जिल्ला अस्पताल हुम्ला एक साताका लागि सिल, सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

सिमकोट - जिल्ला अस्पताल हुम्लामा कार्यरत एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सबै सेवा बन्द गर्ने गरी आइतबारदेखि एक साताका लागि अस्पताल र कार्यालय सिल गरिएको छ ।


अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई कोरोना संक्रमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरिएको जनाएको छ ।


जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर जिल्ला अस्पताल सिल गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

 

संक्रमित डाक्टर होम आइसोलेसनमा रहेको उनले जानकारी गराए । सिल गरिए पनि अस्पतालमा डाक्टरले फोनमार्फत परामर्श दिने बताए ।