close

फिक्कल गाउँपालिकाले सार्वजनिक गर्यो बजेट पुस्तिका 

फिक्कल गाउँपालिकाले सार्वजनिक गर्यो बजेट पुस्तिका 

Trulli
ADVERTISEMENT

फिक्कल गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को नीति कार्यक्रम र बजेटसहितको पुस्तक सार्वजनिक गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित औपचारिक कार्यक्रममार्फत पालिका अध्यक्ष धनबहादुर कार्कीले चालू आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट समावेश भएको पुस्तक सार्वजनिक गरेका हुन् ।


पुस्तकमा सातौं गाउँसभाबाट स्वीकृत वार्षिक नीति, कार्यक्रम, बजेट तथा अन्य निर्णय जनताको मागका आधारमा गाउँपालिकाले समेटको प्रतिक्रिया सहभागीहरूले दिए । गाउँपालिकाले ल्याएका योजना महत्वाकांक्षी रहेको र कोरोना संक्रमणका कारण लिएको लक्ष्य पूरा गर्न चुनौती देखिने हुँदा रणनीतिसहित अगाडि बढ्न उनीहरूले गाउँपालिकालाई आग्रह गरे । कार्यक्रममा पालिका अध्यक्ष कार्कीले गाउँसभाबाट जनताले माग गरेका आधारमा नीति तथा कार्यक्रम तय भएको जानकारी दिए ।

‘सडक, शिक्षा, बिजुली फिक्कलको विकासको पूर्वाधार, कृषि वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने गाउँपालिकाको नारालाई साकार पार्ने गरी यस वर्ष भौतिक पूर्वाधारसँगै स्थानीयको आय–आर्जनमा समेत थप टेवा पुग्ने खाले कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।


अध्यक्ष कार्कीले भने, ‘पछाडि परेका तथा पारिएका समुदाय एवं वर्गलाई विकासको मूल प्रवाहमा ल्याई विकास निर्माणमा  अपनत्व जगाउन, कृषि क्षेत्रको आधुनिक व्यावसायिकीकरण, उत्पादनको क्षेत्रमा लगानी बढाई आर्थिक गतिविधिका माध्यमबाट रोजगारी सिर्जना गर्नेछौं।’


गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सहयोग पु¥याउने र गाउँपालिकाले सञ्चालन गर्ने भावी कार्यक्रममा रचनात्मक सुझाव दिन उनले सर्वसाधारणलाई आग्रह गरे ।गाउँपालिकाले चालू आर्थिक वर्षका लागि पूर्वाधार विकासतर्फ ५ करोड ७० लाख, स्वास्थ्य सेवातर्फ २० लाख, शिक्षातर्फ ५५ लाख, कृषि तथा पशु सेवातर्फ ४० लाख, महिला, बालबालिका तथा समाज कल्याणतर्फ २३ लाख ४९ हजार ३ सय ५४ र युवा खेलकुदतर्फ २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।


यस्तै, उद्योग व्यवसायतर्फ ५ लाख, न्याय क्षेत्रतर्फ १० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख, कोरोना कोष व्यवस्थापनमा १० लाख, विपद् व्यवस्थापनमा १५ लाख विनियोजना गरिएको छ । त्यस्तै, समपूरक कोष ३ करोड, अक्षय कोष ३० लाख, रोजगार सहायता कोष ५० लाख, सहकारी तथा वित्तीय संस्थातर्फ ५ लाख र विधेयक समितिमा १ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।