close

बडिमालिका नगरपालिकाका सबै विद्यालयमा पठनपाठन सुचारु

बडिमालिका नगरपालिकाका सबै विद्यालयमा पठनपाठन सुचारु

Trulli
ADVERTISEMENT

बाजुरा - गत वर्ष ११ चैतदेखि सरकारले घोषणा गरेको लकडाउनका कारण पठनपाठन प्रभावित बनेका बडिमालिका नगरपलिकाका सम्पूर्ण विद्यालयमा नियमित रूपमा पठनपाठन सुरु भएको छ । शैक्षिक सत्र सुुरु भएको सात पहिनापछि सुनसान बनेको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माध्यमिक विद्यालयको प्राङ्गण आजदेखि विद्यार्थीहरूले भरीभराउ देखिएको छ । 


बाजुरा जिल्लाकै अत्यधिक विद्यार्थीको चाप रहेको मालिका माध्यमिक विद्यालयमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड पूरा गरेर विद्यालय संचालनमा आएका हुन् ।


नगरपालिकाले ३ मंसिरमा नै विद्यालय नियमित रूपमा संचालन गर्न निर्देशन गरेको भए पनि आजदेखि विद्यार्थीहरू औपचारिक विद्यालय पोसाकसहित उपस्थित भएको मालिका नमुना माध्ययमिक विद्यालयका प्राचार्य शुभराज पाध्याले बताए । 


कोरोनाको जोखिम कायमै रहेको भए पनि लामो समयपछि विद्यालयमा आफ्ना विद्यार्थी भेट्न पाउँदा विद्यार्थी र शिक्षक हर्षित भएका प्राचार्य पाध्याले बताए ।


बाजुरा जिल्लाकै अत्यधिक विद्यार्थीको चाप रहेको मालिका माध्यमिक विद्यालयमा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य सुरक्षाका आधारभूत मापडण्ड पूरा गर्ने गरी विद्यालय संचालन गरिएको विद्यालयले जनाएको छ । करिव दुई हजारको हाराहारीमा विद्यार्थी रहेको मालिका नमुना माध्यमिक विद्यालयले यसअघि दूर शिक्षा कक्षा र वैकल्पिक कक्षाहरूमार्फत सिकाइ सहजीकरण गरेको थियो ।


बडिमालिका नगरपालिकाका ग्रामीण क्षेत्रका विद्यालयहरूले यसअघि नै नियमित रूपमा संचालनमा ल्याएको भए पनि सदरमुकाम मार्तडीमा रहेका निजी तथा सामुदायिक विद्यालयहरूले वैकल्पिक रूपमा सिफ्टअनुसार पठनपाठन गराएका थिए । 


नगरपालिकाका सम्पूर्ण विद्यालयहरूलाई स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पूरा गरी विद्यालयहरूलाई ३ मंसिरदेखि नै विद्यालय नियमित रूपमा संचालन गर्न पत्राचार गरिएको बडिमालिका नगरपालिकाका शिक्षा विकास तथा समन्वय शाखा प्रमुख रामबहादुर कटुवालले बताए ।